काठमाडौँ। वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले नयाँ वर्ष २०७८ ले समृद्ध नेपाल निर्माणको अभियानमा सबैलाई थप उत्साह प्रदान गर्ने विश्वास व्यक्त गर्नुभएको छ ।
नयाँ वर्ष २०७८ को अवसरमा आज एक शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री पौडेलले प्रदेश सरकारका सम्पूर्ण प्रयास ‘समृद्ध नेपाल, सुखी नेपाली’ निर्माण गर्ने राष्ट्रिय सङ्कल्प पूरा गर्ने दिशामा लक्षित रहेको उल्लेख गर्नुभएको छ ।
“नयाँ वर्ष २०७८ को अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति एवं समृद्धिको हार्दिक शुभकामना ब्यक्त गर्दछु”, सन्देशमा उहाँले भन्नुभएको छ । सन्देशमा उहाँले राजनीतिक स्थिरता, सुशासन र समृद्धिका लागि निर्वाचनबाट प्राप्त जनादेशअनुसार जनआकाङ्क्षा पूरा गर्न प्रदेश सरकार अथक प्रयासरत रहेको उल्लेख गर्नुभएको छ ।
“नयाँ संरचनाका अनेकौँ चुनौती सामना गर्दै यहाँसम्म आइपुग्दा केही उल्लेखनीय परिवर्तनहरु भएका छन् । विशेषगरी समाजका सबैभन्दा पछि रहेका वर्ग एवं समुदायको सशक्तीकरणलाई प्रदेश सरकारले प्राथमिकता दिएको छ । यसबीचमा उत्पादन एवं रोजगारी सिर्जना, कृषि, पर्यटन, उद्योग, यातायात, शिक्षालगायतका क्षेत्रमा महत्वपूर्ण परिवर्तनको बलियो आधार तय गरिएको छ । त्यसो त प्रदेश सरकारका सम्पूर्ण प्रयास ‘समृद्ध नेपाल, सुखी नेपाली’ राष्ट्रिय सङ्कल्प पूरा गर्ने दिशामा लक्षित छन् । हामी सबैको इमान्दार प्रयास, मेहनत र प्रतिबद्धताबाट समृद्ध नेपालको सपनालाई यथार्थतामा बदल्न सकिन्छ”, मुख्यमन्त्री पौडेलले सन्देशमा उल्लेख गर्नुभएको छ ।
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
काठमाडौं । भारतमा ३६ दिनसम्म चलेको कक्रोच आन्दोलनमा एक जना पनि जेन्जी मरेनन् । कुनै पनि भौतिक सम्पत्तिमा आगजनी वा तोडफोड भएन । आन्दोलनकारीलाई...
कैलाली । सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व अब नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले गर्ने भएको छ । केन्द्रमा नेकपा र नेकपा (एमाले)बीच भएको सत्ता साझेदारीको सहमतिअनुसार...
काठमाडौ । नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच नयाँ सत्ता समीकरण बनेसँगै कोशी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका उपनेता तिलकुमार मेन्याङ्बो बन्ने निश्चित भएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend