काठमाडौँ। प्रतिनिधि सभाका सभामुख डोलप्रसाद अर्यालले भ्रष्टाचार र अनियमितताको अन्त्य गर्दै सुशासन स्थापित गर्न सबैको सहकार्य आवश्यक भएको बताएका छन्।
आईतबार काठमाडौंमा बाह्रखरी मिडियाको आठौँ संस्करणको कथा प्रतियोगिताका विजयीलाई पुरस्कार प्रदान गर्दै सभामुख अर्यालले जनताको अपेक्षा र विश्वासअनुसार सरकारले इमानदारी, प्रतिबद्धता र जवाफदेहिताका साथ काम गर्नुपर्ने बताए। ‘सुशासन कायम गर्न, भ्रष्टाचार अन्त्य गर्न र जनताको भावना सम्बोधन गर्ने कानुन निर्माण गर्न सबैको सहकार्य आवश्यक छ,’ उनले भने।
जेनजी विद्रोहले नेपाली राजनीतिमा महत्त्वपूर्ण परिवर्तनको आधार तयार गरेको उल्लेख गर्दै उनले युवा नेतृत्वको अगुवाइमा राष्ट्रिय स्वतन्त्र पार्टी ठूलो जनमतसहित शासन सञ्चालनको जिम्मेवारीमा पुगेको बताए।
‘व्यवसाय हुँदै राजनीतिमा प्रवेश गरेको मैले देश र जनताको सेवाका लागि सार्वजनिक जिम्मेवारी सम्हाल्ने अवसर पाएको छु,’ उनले भने, ‘२०८२ भदौ २३ र २४ गतेको घटनापछि नेपाली राजनीतिमा आएको परिवर्तनले नयाँ राजनीतिक शक्तिलाई ठूलो जिम्मेवारी दिएको छ। जनताको अपेक्षा र विश्वासअनुसार इमानदारी, पारदर्शिता र जवाफदेहिताका साथ काम गर्नु आजको आवश्यकता हो।’
नयाँ राजनीतिक शक्तिका लागि यो ऐतिहासिक अवसरसँगै ठूलो जिम्मेवारी पनि भएको उनको भनाइ थियो। उनले राज्यसँग साधन र स्रोत सीमित भए पनि उपलब्ध स्रोतको पारदर्शी र प्रभावकारी परिचालन गर्नसके विकास तथा समृद्धिको यात्रालाई गति दिन सकिने बताए।
सभामुख अर्यालले साहित्यकारले समाजका विकृति र विसङ्गतिमाथि प्रश्न उठाउनुका साथै सकारात्मक प्रयास र असल अभ्यासलाई पनि प्रोत्साहन गर्नुपर्ने बताए। ‘साहित्यले समाजका समस्या, विकृति र नागरिकका भावनालाई जीवन्त रूपमा प्रस्तुत गर्ने भएकाले साहित्य र साहित्यकारप्रति मेरो उच्च सम्मान छ,’ अर्यालले भने।
व्यवस्थापिकाको नेतृत्वकर्ताका रूपमा जनताको आवश्यकता र भावनालाई सम्बोधन गर्ने कानुन निर्माण प्रक्रियालाई प्रभावकारी बनाउनु आफ्नो प्रमुख दायित्व रहेको उनले बताए। नीति निर्माता तथा जनप्रतिनिधिले समाजका वास्तविक समस्या र नागरिकका पीडा बुझ्न साहित्यको अध्ययन गर्नुपर्नेमा पनि उनले जोड दिए।
काठमाडौँ। बागमती प्रदेशका पूर्वमुख्यमन्त्री ईन्द्र बानियाँविरुद्ध पक्राउ पूर्जी जारी भएको छ । बैकिङ कसुरको मुद्दामा उनीविरुद्ध पक्राउ पूर्जी जारी भएको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)का एक...
काठमाडौं । प्रधानमन्त्री बालेन शाह नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका छन् । प्रधानमन्त्री शाह आइतबार दिउँसो नेपाली समयअनुसार ३ः३० बजे नयाँ...
काठमाडौँ। प्रधानमन्त्री बालेन शाह दुई दिने राजकीय भ्रमणका लागि भारत प्रस्थान गरेका छन् । उनी केहीबेरअघि मात्रै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका हुन् । भ्रमण टोलीमा...
काठमाडौँ। प्रधानमन्त्री बालेन्द्र शाहको औपचारिक भारत भ्रमणमा ३५ सदस्यीय प्रतिनिधिमण्डल सहभागी हुने भएको छ । प्रधानमन्त्री शाहको नेतृत्वमा भारत जाने टोलीमा अर्थमन्त्री डा. स्वर्णिम...
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहको दुई दिने भारत भ्रमणका क्रममा सरकारको कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले सम्हाल्ने भएका छन्। प्रधानमन्त्रीको अनुपस्थितिमा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend