Nepal Face
  • आइतबार, ७ मंसिर २०८३
  • कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी ऊर्जामन्त्री श्रेष्ठलाई 


    आइतबार, मंसिर ७ २०८३
    70
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहको दुई दिने भारत भ्रमणका क्रममा सरकारको कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले सम्हाल्ने भएका छन्।

    प्रधानमन्त्रीको अनुपस्थितिमा श्रेष्ठलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी तोकिएको जानकारी राष्ट्रपति कार्यालयमा पठाइएको छ। राष्ट्रपति कार्यालय स्रोतका अनुसार यससम्बन्धी पत्र कार्यालयमा प्राप्त भइसकेको छ।

    प्रधानमन्त्री शाह आइतबार दिउँसो भारत प्रस्थान गर्ने कार्यक्रम छ। भ्रमण टोलीमा मन्त्रिपरिषद्को दोस्रो वरीयतामा रहेका अर्थमन्त्री स्वर्णिम वाग्ले र तेस्रो वरीयताका परराष्ट्र मन्त्री शिशिर खनालसमेत सहभागी हुनेछन्। दुवै मन्त्री प्रधानमन्त्रीसँगै विदेश जाने भएपछि मन्त्रिपरिषद्को चौथो वरीयतामा रहेका श्रेष्ठलाई कार्यवाहक जिम्मेवारी दिइएको हो।

    भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा शाह राजकीय भ्रमणका लागि भारत जान लागेका हुन्। प्रधानमन्त्रीको पदभार सम्हालेयता उनको यो पहिलो छिमेकी मुलुकको राजकीय भ्रमण हुनेछ।

    भारत बसाइका क्रममा प्रधानमन्त्री शाहले राष्ट्रपति द्रौपदी मुर्मूसँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ। सोमबार भारतीय समकक्षी मोदीसँग दुई देशका प्रतिनिधिमण्डलबीच औपचारिक वार्ता हुने तय भएको छ। सोही दिन दुई प्रधानमन्त्रीबीच छुट्टै भेटवार्तासमेत हुनेछ।

    दुई दिने भ्रमण पूरा गरी प्रधानमन्त्री शाह सोमबार साँझ स्वदेश फर्कने कार्यक्रम छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार