Nepal Face
  • आइतबार, ७ मंसिर २०८३
  • यूएनमा प्रधानमन्त्रीले राम्रै बोले भन्दा झन्डै पार्टी निकाला गर्‍याथे : गोकुल बास्कोटा


    आइतबार, मंसिर ७ २०८३
    55
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। एमालेका नेता गोकुल बास्कोटाले प्रधानमन्त्री वालेन्द्र शाहले आज मंसिर ६ गतेदेखि गर्न लागेको भारत भ्रमणप्रति आशा र शंका दुवै रहेको बताएका छन्।

    प्रधानमन्त्री शाह २ दिनको राजकीय भ्रमणका लागि टोलीसहित आज दिउँसो काठमाडौँबाट भारत (नयाँ दिल्ली) प्रस्थान गर्दै छ।

    यस विषयमा आइतबार बिहान सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै पूर्वमन्त्रीसमेत रहेका एमाले कन्द्रीय सदस्य बास्कोटाले अबका ३६ घण्टा आशा र संशयमा बित्ने बताएका हुन्।

    यस क्रममा उनले प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसंघमा जस्तो चर्चायोग्य अभिव्यक्ति दिने अपेक्षा पनि व्यक्त गरेका छन्।

    त्यसबेला आफूले प्रधानमन्त्री शाहले राम्रो बोलेभन्दा झन्डै एमालेबाट निकालिएको टिप्पणी बास्कोटाले गरेका छन्।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार