काठमाडौँ। प्रधानमन्त्री बालेन्द्र शाहको औपचारिक भारत भ्रमणमा ३५ सदस्यीय प्रतिनिधिमण्डल सहभागी हुने भएको छ । प्रधानमन्त्री शाहको नेतृत्वमा भारत जाने टोलीमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार, राजनीतिक सल्लाहकारसहित उच्चपदस्थ सरकारी अधिकारी, सुरक्षाकर्मी तथा सञ्चारकर्मी सहभागी हुनेछन् ।
भ्रमण टोलीमा प्रधानमन्त्री शाहसहित दुई मन्त्री, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अधिकारी, परराष्ट्र मन्त्रालयका उच्चपदस्थ कर्मचारी, सुरक्षा अधिकारी र सञ्चारमाध्यमका प्रतिनिधि रहेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।
भ्रमण टोलीमा अर्थमन्त्री डा.स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार व्यञ्जनकार, राजनीतिक सल्लाहकार असिम शाह र सूचना तथा सञ्चार प्रविधि सल्लाहकार विवेक मिश्र रहेका छन् ।
त्यस्तै, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका मुख्यसचिव गोविन्दबहादुर कार्की, परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव रुद्रसिंह तामाङ, प्रधानमन्त्रीका प्रमुख निजी सचिव सुभाष शर्मा र लगानी बोर्ड नेपालका प्रमुख कार्यकारी अधिकृत याङ्की उक्याब पनि भ्रमण टोलीमा छन् ।
भ्रमण टोलीमा परराष्ट्रमन्त्रीका प्रेस सल्लाहकार जगदीश्वर पाण्डे, प्रधानमन्त्रीका निजी सचिव प्रदीप परियार, परराष्ट्र मन्त्रालयको दक्षिण एसिया महाशाखाका सहसचिव गहेन्द्रराज भण्डारी, शिष्टाचार महापाल कुमारराज खरेल र परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्री रहेका छन् ।
त्यसैगरी, अर्थ मन्त्रालयका सहसचिव अमृत लम्साल, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गत सूचना प्रविधि तथा डिजिटल सुशासन कार्यालयका सहसचिव सुभाष ढकाल, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव सुनील पौडेल र प्रधानमन्त्रीका सञ्चार व्यवस्थापन तथा अनुसन्धान संयोजक दीपा दाहाल पनि भ्रमण टोलीमा सहभागी हुनेछन् ।
टोलीमा परराष्ट्र मन्त्रालयका उपसचिव ललिता सिलवाल र विजय राज तण्डुकार, परराष्ट्रमन्त्रीका प्रमुख निजी सचिव लोचन पौडेल, शिष्टाचार अधिकृत दीपकराज निरौला र दक्षिण एसिया महाशाखाका शाखा अधिकृत मनोज गैरे रहेका छन् ।
सुरक्षा तथा सैनिक टोलीतर्फ प्रधानमन्त्रीका प्रमुख सैनिक सहयोगी उपरथी बालमुकुन्द बिष्ट, सुरक्षा अधिकृत प्रमुख सेनानी सुशील बानियाँ, प्रहरी नायब उपरीक्षक दीपेश बस्याल र प्रधानमन्त्रीका सैनिक सहयोगी प्रमुख सेनानी रोशन केसी सहभागी हुनेछन् ।
यसैगरी, प्रधानमन्त्रीका निजी उपसचिव ९सञ्चार० विनय शाक्य, गोरखापत्रका संवाददाता तारा हमाल ढुङ्गाना, राष्ट्रिय समाचार समितिका संवाददाता कमल कुमार बस्नेत र नेपाल टेलिभिजनका भिडियोग्राफर अशोककुमार बस्नेत पनि भ्रमण टोलीमा रहनेछन् ।
भ्रमण टोलीमा परराष्ट्र मन्त्रालयका उपशिष्टाचार प्रमुख प्रेमराज गौतम र नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक मुकेश डंगोलसमेत रहेका छन् ।
दुईदिने भारत भ्रमणका क्रममा प्रधानमन्त्री शाहले भारतीय राष्ट्रपति द्रौपदी मुर्मु र प्रधानमन्त्री नरेन्द्र मोदीसँग औपचारिक भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । भ्रमण पुरा गरी प्रधानमन्त्री शाह सोमबार साँझ फर्किने तालिका छन् ।
काठमाडौँ। बागमती प्रदेशका पूर्वमुख्यमन्त्री ईन्द्र बानियाँविरुद्ध पक्राउ पूर्जी जारी भएको छ । बैकिङ कसुरको मुद्दामा उनीविरुद्ध पक्राउ पूर्जी जारी भएको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)का एक...
काठमाडौं । प्रधानमन्त्री बालेन शाह नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका छन् । प्रधानमन्त्री शाह आइतबार दिउँसो नेपाली समयअनुसार ३ः३० बजे नयाँ...
काठमाडौँ। प्रतिनिधि सभाका सभामुख डोलप्रसाद अर्यालले भ्रष्टाचार र अनियमितताको अन्त्य गर्दै सुशासन स्थापित गर्न सबैको सहकार्य आवश्यक भएको बताएका छन्। आईतबार काठमाडौंमा बाह्रखरी मिडियाको आठौँ...
काठमाडौँ। प्रधानमन्त्री बालेन शाह दुई दिने राजकीय भ्रमणका लागि भारत प्रस्थान गरेका छन् । उनी केहीबेरअघि मात्रै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका हुन् । भ्रमण टोलीमा...
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहको दुई दिने भारत भ्रमणका क्रममा सरकारको कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले सम्हाल्ने भएका छन्। प्रधानमन्त्रीको अनुपस्थितिमा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend