काठमाडौं । एमसीए–नेपालले न्यू बुटवल सबस्टेसनदेखि न्यू दमौली सबस्टेसनसम्मको ४०० केभी क्षमताको दोहोरो सर्किटयुक्त प्रसारणलाइन निर्माण सुरु गरेको छ । एमसीए–नेपालले तनहुँ र पाल्पा जिल्लाबाट यस प्रसारणलाइनको निर्माण कार्य प्रारम्भ गरेको हो ।
९० किलोमिटर लामो यो प्रसारणलाइन खण्डमा २५० वटा प्रसारण टावर निर्माण गरिनेछन् । उक्त खण्ड तनहुँ, पाल्पा, नवलपरासी (बर्दघाट सुस्ता पूर्व) र नवलपरासी(बर्दघाट सुस्ता पश्चिम) गरी चार जिल्लामा फैलिएको छ ।
यो प्रसारणलाइन एमसीसी नेपाल कम्प्याक्टअन्तर्गतको विद्युत् प्रसारण आयोजनाले निर्माण गरिरहेको कुल ३१५ किलोमिटर लामो प्रसारण सञ्जालको एक खण्ड हो । यस आयोजनामार्फत नेपालको विद्युत् प्रसारण पूर्वाधार विस्तार गर्ने लक्ष्य राखिएको छ ।
प्रसारण सञ्जाल विस्तार भएपछि थप विद्युत् उत्पादनलाई राष्ट्रिय प्रसारण ग्रिडमा जोड्न सहज हुने एमसीए–नेपालले जनाएको छ ।
यसले नेपालको ऊर्जा सुरक्षा सुदृढीकरणमा समेत योगदान पुर्याउने अपेक्षा छ ।
काठमाडौं। नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन शाहको भ्रमणमा उठाउनुपर्ने विषयमा सरकारले परामर्श नगरेकोप्रति आपत्ति जनाएको छ। कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले आज एक विज्ञप्ति जारी...
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले सरकारले भ्रष्टाचारीको पक्षपोषण गरेको आरोप लगाएका छन् । शनिबार एक कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले अहिले राज्यले...
काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गत प्रतिनिधि सभा निर्वाचनमा जस्तै हावाहुरी ल्याएर स्थानीय र प्रदेशसभा निर्वाचन जित्ने सोच...
काठमाडौं । पृथ्वी राजमार्गका विभिन्न क्षेत्रमा सडक मर्मत तथा निर्माणका लागि भोलि शनिबारदेखि (बिहान ११ बजेबाट-अपराह्न ४ बजेसम्म) सम्म सवारी आउजाउ बन्द गरिने भएको...
काठमाडौँ । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन वैशाखभित्र र प्रदेश सभाको निर्वाचन मंसिरमा गर्ने प्रस्ताव अघि सारेको छ। आयोगले शुक्रबार राष्ट्रिय मान्यताप्राप्त राजनीतिक दलका...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend