Nepal Face
  • शुक्रबार, ५ मंसिर २०८३
  • पृथ्वी राजमार्गमा भोलिदेखि दैनिक ५ घण्टा सवारी बन्द


    शुक्रबार, मंसिर ५ २०८३
    105
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । पृथ्वी राजमार्गका विभिन्न क्षेत्रमा सडक मर्मत तथा निर्माणका लागि भोलि शनिबारदेखि (बिहान ११ बजेबाट-अपराह्न ४ बजेसम्म) सम्म सवारी आउजाउ बन्द गरिने भएको छ।

    जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख अनिल थापाका अनुसार राजमार्गको घोप्टेभिरलगायत क्षेत्रमा सडक निर्माणका लागि सवारी आउजाउ बन्द गर्न लागिएको हो।

    बिहान११ बजेदेखि अपराह्न ४ बजेसम्म पृथ्वीराजमार्गमा सवारी आउजाउ बन्द रहनेछ। अर्को सूचना नभएसम्म राजमार्ग बन्द रहने उनले जनाएको छ।

    घोप्टेभिर क्षेत्रमा सडक निर्माण जारी रहँदा पोखरातिरबाट आएका सवारीलाई आँबुखैरेनीमै रोकिनेछ। त्यस्तै नारायढगढ हुँदै आउने सवारीलाई जुगेडी र आँपटारीमा रोकिने उनको भनाइ छ।

    त्यस्तै नारायढगढ हुँदै आउने सवारीलाई जुगेडी र आँपटारीमा रोकिने उनको भनाइ छ। त्यस्तै केही सवारीलाई रमाइलो डाँडामा रोकिनेछ। मुग्लिन बजारमा भने सवारी नरोकिने उनको भनाइ छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार