Nepal Face
  • शनिबार, ६ मंसिर २०८३
  • एकैदिन १२ हजार २ सयले घट्यो सुनको भाउ, तोलाको कति पुग्यो ?


    शुक्रबार, मंसिर ५ २०८३
    195
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। नेपाली बजारमा आज शुक्रबार एकैदिन सुन र चाँदीको मूल्यमा भारी गिरावट आएको छ। यस दिन सुन तोलामा १२ हजार २०० रुपैयाँ र चाँदी २२५ रुपैयाँले घटेको हो।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला २ लाख ४५ हजार ४०० रुपैयाँ कायम भएको छ। अघिल्लो दिन बिहीबार एक तोला सुन २ लाख ५७ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो।

    महासंघका अनुसार आज चाँदी प्रतितोला ३ हजार ११० रुपैयाँमा झरेको छ। बिहीबार चाँदी प्रतितोला ३ हजार ३३५ रुपैयाँमा कारोबार भएको थियो।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार