Nepal Face
  • शनिबार, ६ मंसिर २०८३
  • प्रधानमन्त्री आइतबार दिउँसो भारत जाने, सोमबार साँझ स्वदेश फर्कने


    शुक्रबार, मंसिर ५ २०८३
    175
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। प्रधानमन्त्री बालेन शाह आइतबार दिउँसो भारत भ्रमणमा जाने भएका छन् ।

    भारत भ्रमणबारे जानकारी दिन परराष्ट्र मन्त्रालयले आज आयोजना गरेको प्रेस ब्रिफिङ अनुसार प्रधानमन्त्री शाह ६ मंसिर अर्थात आइतबार १स्४५ बजे नेपाल वायु सेवा निगमको नियमित उडानमार्फत भारतको राजकीय भ्रमणमा जानेछन् ।

    भ्रमण टोलीमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका मुख्य सल्लाहकार, राजनीतिक सल्लाहकारलगायत सहभागी हुनेछन्।

    भ्रमणमा निजी क्षेत्रबाट ५२ सदस्यीय टोली पनि सहभागी हुनेछ । उनीहरू आफ्नै खर्चमा भारत जान लागेका हुन् । निजी खर्चमै केही सञ्चारकर्मी पनि भ्रमण टोलीमा सहभागी हुनेछन्।

    प्रधानमन्त्री शाहले भारत भ्रमणका क्रममा ७ गते भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग प्रतिनिधिमण्डलस्तरीय वार्ता गर्ने कार्यक्रम छ।

    वार्तामा दुई देशबीच सम्पर्क सञ्जाल विस्तार तथा ऊर्जा सहकार्यसँग सम्बन्धित विभिन्न परियोजनाबारे छलफल हुनेछ।

    दुई दिने भारत भ्रमण सकेर उनी सोमबार साँझ ६स्३५ बजे स्वदेश फर्कने कार्यक्रम छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार