Nepal Face
  • शुक्रबार, ३० असोज २०८३
  • घटस्थापनापछि उपत्यकाबाट ३ लाख ४८ हजार यात्रु बाहिरिए


    शुक्रबार, असोज ३० २०८३
    105
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं। नेपालीहरूको महान् चाड बडादसैं नजिकिएसँगै काठमाडौं उपत्यकाबाट घर फर्किने यात्रुको चाप बढेको छ। दसैं मनाउन राजधानीमा अध्ययन,रोजगारी तथा विभिन्न पेसा–व्यवसायमा संलग्न मानिस धमाधम गाउँ फर्किन थालेका छन्।

    काठमाडौं उपत्यकाका विभिन्न नाकामा देशका विभिन्न जिल्लातर्फ जाने लामो तथा छोटो दूरीका सार्वजनिक यातायातमा यात्रुको चहलपहल बढेको छ। दसैंमा परिवार तथा आफन्तसँग भेटघाट गरी चाडपर्व मनाउन यात्रुहरू गाउँ फर्किने क्रम बढेको हो।

    काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार घटस्थापनादेखि शुक्रबार बिहानसम्म तीन लाख ४८ हजार ३१४ यात्रु उपत्यकाबाट बाहिरिएका छन्। ट्राफिक प्रहरी कार्यालयका अनुसार असोज २५ गते ५२ हजार ८२७, असोज २६ गते ५६ हजार ८०९,असोज २७ गते ७८ हजार १३८, असोज २८ गते ७४ हजार ९७९ र असोज २९ गते ८५ हजार ५६१ यात्रु काठमाडौं उपत्यकाबाट बाहिरिएका छन्।

    दसैं मनाउन यात्रुहरू फर्पिङ, नागढुङ्गा, थानकोट, भीमढुङ्गा, तीनपिप्ले, साँखु, भक्तपुरको जगाती र ललितपुरको भट्टेडाँडा नाकाहुँदै बाहिरिएका हुन्। यसैबीच, दसैंका लागि हालसम्म एक लाख ५३ हजार ७३२ यात्रुले अग्रिम टिकट बुकिङ गरेका छन्।

    ट्राफिक प्रहरी कार्यालयका अनुसार असोज २३ गते २१ हजार ३००,असोज २४ र २५ गते गरी ७६ हजार ७९, असोज २६ गते १७ हजार १९७, असोज २७ गते १५ हजार ५५३, असोज २८ गते १८ हजार ५२९ र असोज २९ गते पाँच हजार ७४ यात्रुले अग्रिम टिकट बुकिङ गरेका छन्।

    दसैंले परिवार,आफन्त र समुदायबीचको सम्बन्धलाई थप प्रगाढ बनाउने भएकाले रोजगारी तथा अध्ययनका लागि राजधानीमा बसोबास गर्दै आएका मानिस चाडपर्व मनाउन घर फर्किने क्रम हरेक वर्ष बढ्ने गरेको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार