Nepal Face
  • बुधबार, २८ असोज २०८३
  • गृहमन्त्री गुरुङ र भारतीय विदेशमन्त्री जयशंकरबीच भेट


    बुधबार, असोज २८ २०८३
    55
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । गृहमन्त्री सुधन गुरुङ र भारतीय विदेशमन्त्री एस जयशंकरबीच नयाँ दिल्लीमा भेटवार्ता भएको छ ।

    पहिलो बिमस्टेक गृहमन्त्री स्तरीय बैठकमा सहभागी हुन भारत पुगेका गृहमन्त्री गुरुङले जयशंकरसँग बुधबार भेटवार्ता गरेका हुन् ।

    भेटमा भारत र नेपालबीच क्षेत्रीय सुरक्षा सहकार्य सुदृढ गर्ने, सीमा व्यवस्थापनलाई प्रभावकारी बनाउने, अन्तरदेशीय अपराध नियन्त्रण तथा विपद् पूर्व तयारी र प्रतिकार्यमा सहकार्य बढाउने विषयमा छलफल भएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार