Nepal Face
  • बुधबार, २८ असोज २०८३
  • जापानका लागि प्रस्तावित राजदूतको पनि सुनुवाइ ‘होल्ड’


    बुधबार, असोज २८ २०८३
    55
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । जापानका लागि प्रस्तावित राजदूत जिज्ञान कुमार थापाको पनि संसदीय सुनुवाइ ‘होल्ड’ भएको छ ।

    सुनुवाइ समितिले सुरूमा थापालाई कार्ययोजना प्रस्तुत गर्न दिएर थप प्रक्रिया ‘होल्ड’ गरेको हो ।

    कार्ययोजना प्रस्तुतिपछि प्रस्तावित राजदूत थापाको पीआर, उनकी श्रीमतीको पनि पीआर रहेको विषयमा सांसदहरूले प्रश्न गरे ।

    जवाफमा प्रस्तावित राजदूत थापाले जापानको पीआर त्यागिसकेको प्रष्टीकरण दिए । सो क्रममा उनले नेपाल जोड्न जापानमा रहदा काम गरेको बताए । ढाकाटोपी लगाएर कार्यक्रम चलाउने आदि गरेको बताए ।

    त्यसपछि सांसदहरू आन्तरिक छलफलमा जुटे । यो विषयमा आएको प्रष्टीकरणबारे निर्क्योलमा पुगेर बाँकी छलफल गर्ने भनेर प्रस्तावित राजदूतलाई बाहिर राखेर सांसदहरू आन्तरिक छलफलमा जुटेका थिए ।

    अन्तिममा जापानका लागि प्रस्तावित राजदूतको सुनुवाइ होल्ड गरे र साउदी अरेबियाका लागि प्रस्तावित राजदूतको सुनुवाइ सुरु गरेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार