Nepal Face
  • बुधबार, २८ असोज २०८३
  • ‘श्रीलंकाका लागि प्रस्तावित राजदुत मञ्चलाकुमारी झाको कार्ययोजना’: पर्यटन, धर्म र कूटनीतिलाई प्राथमिकता


    बुधबार, असोज २८ २०८३
    120
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । श्रीलंकाका लागि प्रस्तावित नेपाली राजदुत डा।मञ्चलाकुमारी झाले नेपाल र श्रीलंकाबीचको ऐतिहासिक, धार्मिक र सांस्कृतिक सम्बन्धलाई आर्थिक साझेदारीको ठोस नतिजामा बदल्ने प्रतिवद्धता व्यक्त गरेकी छन् ।

    संसदीय सुनुवाइ समितिको बुधवारको बैठकमा आफ्नो कार्ययोजना प्रस्तुत गर्दै झाले पर्यटन, रामायण सर्किट, बौद्ध सम्पदा र व्यापार प्रवर्द्धनलाई आफ्नो कार्यकालका चार मुख्य रणनीतिक स्तम्भका रूपमा अघि सारेकी हुन् ।

    प्रस्तावित राजदुत झाले दुई मुलुकबीचको सम्बन्धलाई थप सुदृढ बनाउन पञ्चशीलको सिद्धान्त र साझा सांस्कृतिक सम्पदालाई आधार मान्नुपर्नेमा जोड दिइन् । उनले जनकपुरको रामायण परम्परा र लुम्बिनीको बौद्ध विरासतलाई श्रीलंकाली जनस्तरसँग जोड्न सकेमात्र कूटनीतिक उपलब्धि हासिल हुने बताइन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार