Nepal Face
  • आइतबार, १० साउन २०८३
  • राती सुत्नुअघि नुहाउँदा हुन्छन् यस्ता फाइदाहरु


    बिहिबार, चैत्र २६ २०७७
    3.2K
    Shares
    Basu Dev Paudel
  • ३ मिनेट पाठ
  • के तपाईँले सुत्नु अघि नुहाउने बानी राख्नु भएको छ ? 

    हेर्नुहोस् राती सुत्नुअघि नुहाउनाले हामीलाई हुने फाईदाहरु के–के छन् त ? हेर्नुहोस् 

    • राती सुत्नुअघि नुहाएमा दिनभरको थकानबाट ताजा महसुस हुन्छ र राम्रो निन्द्रा लाग्छ । सुत्नुअघि चिसो पानीले नुहाउनाले शरीरको तापमान पनि ठीक रहन्छ ।
    • २. यदि तपाईमा मोटोपना छ भने सुन्तुअघि नुहाउनु भयो भने क्यालोरी खपत भएर सजिलै तौल कम गर्न गर्न सकिन्छ ।
    • ३. चिसो पानीले नुहाएमा कपाल राम्रो हुन्छ र छाला चमकदार बन्छ । गालामा डन्डीफोर छन भने पनि चिसो पानीले नुहाउनुपर्छ । यसबाट छाला रुखो हुनबाट बच्छ ।
    • ४. चिसो पानीले नुहाउनले रोगप्रतिरोधी क्षमता बढ्छ र रक्त सन्चार पनि राम्रो हुन्छ । तातो पानीले नुहाउँदा माइग्रेनको समस्या पनि हट्ने हुन्छ ।
    • ५. एक अध्ययन अनुसार नुहाउँदा मुड फ्रेस हुन्छ । अल्छीपना हटाउने यो सबैभन्दा राम्रो तरिका हो ।
    • ६. तातोपानीले भरिएको टबमा दिनहुँ १५ मिनेट नुहाएमा उच्च रक्तचापमा कमी आउँछ ।
    • ७. तातोपानीमा नुहाएमा ब्लड सुगरको स्तर कम हुने अमेरिकन डाइबिटिक एशोसियसनले देखाएको छ । यसले राती राम्रो निन्द्रा पनि लाग्छ ।
    • ८. रातको समय नुहाउँदा दिनभरको धुलोमाटो र मैले सफा हुन्छ । दिनभरिको फोहर लिएर सुत्दा तपाईंको निद्रामा समस्या आउन सक्छ । यसैगरी छालासँग सम्बन्धित एलर्जी पनि हुन सक्छ । त्यसैले राति सुत्नुअघि नुहाउनु राम्रो हुन्छ।

    तातोपानीले नुहाउँदा रक्तसञ्चार सुरुमा केही बढी हुन्छ, तर पछि मन्द हुन्छ । तर चिसो पानीले नुहाउँदा रक्तसञ्चार सुरुमा मन्द र पछि केही बढी हुन्छ । त्यसैले चिसो पानीले नुहाउनु राम्रो हुन्छ ।

    चिसो पानीले दिमागलाई ठण्डा बनाएर राख्न मद्धत गर्ने आयुर्वेदिक दृष्टि छ । यदि दिन चिसो पानीले नुहाएर सुरु हुन्छ भने दिनभर नै ताजा महसुस हुन्छ । यसका साथै शारीरिक सौन्दर्य पनि कायम रहने हुन्छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार