Nepal Face
  • आइतबार, ३० कार्तिक २०८३
  • एकै व्यक्तिको नाममा दोहोरो सामाजिक सुरक्षा भत्ता, दुई जनाविरूद्ध मुद्दा


    बिहिबार, चैत्र २६ २०७७
    1.3K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । एकै व्यक्तिको नाममा दोहोरो सामाजिक सुरक्षा भत्ता वितरण गरेको भर्पाइ गराएर भ्रष्टाचार गरेको अभियोगमा दुई जनाविरूद्ध मुद्दा दायर भएको छ।

    महोत्तरी साबिक सिंग्याही गाविसका तत्कालीन सचिव विनोदकुमार सिंह र कार्यालय सहायक नारायण यादवविरूद्ध अख्तियारले बिहीबार विशेष अदालतमा मुद्दा दायर गरेको हो।

    उनीहरूविरूद्ध ६ लाख २९ हजार रुपैयाँ बिगो मागदाबी लिइएको अख्तियारले जनाएको छ।

    उनीहरूले हिनामिना गरेकोमध्ये ६ लाख १५ हजार रुपैयाँ दाखिला भइसकेको अख्तियारले जनाएको छ।

    सामाजिक सुरक्षा भत्ता हिनामिना गरेको उजुरीमाथि अनुसन्धान गर्दा दुबैले बदनियतपूर्वक काम गरेको देखिएको अख्तियारको दाबी छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार