काठमाडौं । पछिल्लो समय कोरोना भाइरसको संक्रमण बढिरहदा प्रधानमन्त्री केपी शर्मा ओलीले लकडाउनको सम्भावना औल्याउँदै देश नै ठप्प पार्नु पर्ने अवस्था आउनसक्ने बताएका छन् ।
आज राजधानीमा आयोजित नेपाल चेम्बर अफ कमर्शको ७० औं वार्षिक साधारण सभालाई सम्बाेधन गर्दै उनले वाध्य भएर देश नै ठप्प पार्ने अवस्था आउनसक्ने बताएका हुन् ।
कोरोना भाइरसको जोखिम बढेकाले सावधानी अपनाउनु आग्रह गर्दै उनले कोरोना भाइरसलाई कुनै मौका दिन नहुने बताएका छन् ।
ओली लेभारतमा कोरोना भाइरसको संक्रमण भयावह बन्दै गएकाे बताउदै सीमा खुल्ला भएका कारण नेपालमा पनि त्यस्तो खतरा बढ्न सक्ने भएकाले सचेत रहन आग्रह गरेका छन् ।