काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह पत्नी कोमल राज्यलक्ष्मीसाथमा बिहीबार धार्मिक यात्राका लागि भारतकाे हरिद्वार प्रस्थान गरेका छन्।
स्रोतका अनुसार नेपाल एयरलाइन्सको ११:०५ बजेको उडानमा शाह दम्पती भारत गएका हुन्।
शाह दम्पती हरिद्वारामा सञ्चालित महाकुम्भ मेला २०२१ मा सहभागी हुन भारत गएका हुन्।
महाकुम्भ मेला आयोजक समितिले पूर्वराजा-रानीलाई विशेष आमन्त्रण गरेपछि उनीहरु कुम्भमेलामा सहभागि हुन हरिद्वार प्रस्थान गरेका हुन् । पूर्वराजा शाहलाई प्रमुख अतिथि बनाइने अनौपचारिक जानकारी आएको छ।