Nepal Face
  • आइतबार, १० साउन २०८३
  • विश्वकै सबैभन्दा महँगो चकलेट, जसको मूल्य १० लाख पर्छ


    बुधबार, चैत्र २५ २०७७
    2.4K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं – चकलेट धेरैलाई मनपर्ने खानेकुरा हो । बच्चाले त झन चकलेट धेरै नै रुचाउने गर्छन् ।

    हामिले बजारमा चकलेट एक दुई रुपैयामा पाउने गर्छौं । धेरै महँगो चकलेट पनि ५० देखी १०० रुपैयासम्म मात्र हुन्छ । तर तपाईलाई थाहा नहुन सक्छ यस्तो चकलेट पनि हुन्छ, जसको मूल्य निकै महँगो हुन्छ । 

    पोर्चुगलमा संसारकै सबैभन्दा महंगो चकलेट बनाइएको छ। जसको मूल्य लाखौ पर्ने गर्छ । विशेष प्याकेजमा बेचिने यो चकलेट सुनचादी बेचे जसरी नै बेच्ने गरिन्छ । ग्लोरियस चकलेट यूएई, रुस, अंगोला र अर्जेन्टिना पठाइन्छ। 

    यस चकलेटले गिनिज बूक अफ वर्ल्ड रेकर्ड्स पनि राखेको छ । यस चकलेटलाई विश्वकै सबैभन्दा महँगो चकलेटको सर्टिफिकेट दिइएको छ । इन्टरनेसनल चकलेट फेस्टिभल अफ ओबिडोसमा चकलेट बोनबोन प्रदर्शन गरिएको थियो । 

    सुनको पोलिस लगाइएको यस चकलेटको मूल्य १० लाख रुपैयाँ पर्ने बताइएको छ । भनिएको छ की यस चकलेटमा अनेकौं तत्त्वहरू छन् र यसलाई बनाउन एक वर्ष लागेको थियो ।

    -एजेन्सी

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार