काठमाडौं । श्रीलंकाली क्लब श्रीलंका पुलिस स्पोर्टिङलाई पराजित गर्दै नेपालको त्रिभुवन आर्मी क्लब एएफसी कप २०२१ को प्रारम्भिक छनोटको दोस्रो चरणमा प्रवेश गरेको छ ।
घरेलु मैदानमा एक गोलले पछि परेको अवस्था उल्टाउँदै आर्मीले श्रीलंका पुलिसलाई ५–१ गोल अन्तरले पराजित गरेको हो । पहिलो हाफमा २–१ को अग्रता बनाएको आर्मीले दोस्रो हाफमा ३ गोल थप्यो ।