Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • पेट्रोलियम पदार्थ तस्करी गरेको आरोपमा १० जना पक्राउ


    बुधबार, चैत्र २५ २०७७
    1.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • वीरगञ्‍ज। पेट्रोलियम पदार्थ तस्करी गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय पर्साले १० जनालाई पक्राउ गरेको छ ।

    ईलाका प्रहरी कार्यालय पोखरीया पर्साबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पेट्रोलियम पदार्थहरु भारततर्फ चोरी निकासी गर्ने गरेको सूचनाको आधारमा पक्राउ गरेको हो ।

    पक्राउ पर्नेमा भारत विहार चम्पारणका ४५ बर्षीय मनोज गुप्ता, बिहारकै ५५ वर्षीय ईदरिश मियाँ, मोतिहारीका ३० वर्षीय प्रिन्स साह, ३५ वर्षीय सागिर आलम र पर्सा जगरनाथपुरका ३९ वर्षीय रामानन्द राम रहेका छन् । यस्तै पर्सा जगरनाथपुरकै २० वर्षीय रवि कुमार साह, ४० वर्षीय मुनी शाह तेली, २२ वर्षीय जालिम गद्दी, ३८ वर्षीय राज कुमार प्र.कुर्मी र ३५ वर्षीय आश महम्द राउत गद्दीलाई पोखरीया पर्सा प्रहरी कार्यालयले पक्राउ गरको छ ।

    यसबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार