Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सुन्दरी प्रतियोगितामा विवाद, विजेता सुन्दरीको टाउकोमा चोट


    बुधबार, चैत्र २५ २०७७
    1.3K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । सुन्दरी प्रतियोगितामा विवाद हुँदा विजेताको टोउकोमा चोट लागेको छ । प्रतियोगितास्थल मञ्चमै विवादका क्रममा जर्बजस्ती ताज निकाल्दा मिसेस श्रीलंकाकी विजेता पुपिष्का डी सिल्भाको टाउकोमा चोट लागेको हो ।

    आइतबार प्रतियोगिता चलिरहँदा पुष्पिका विजेता घोषणा भइन् । तर, सन् २०१९ की विजेता केरोलेन जुरीले उनको ताज नै खोसिन् । जसका कारण मञ्चमै तनाव भयो । जुरीले पुष्पिकालाई डिभोर्सी भन्दै विरोध गरेकी थिइन् । उनको ताज नै खोसिन् ।

    उपविजेतालाई ताज पहिराएर पूर्वविजेता जुरी हिंडेकी थिइन् । जसका कारण विजेता रोएकी थिइन् । पुष्पिका पतिसँग छुट्टिएपनि पारपाचुके नगरिसकेको खुलेको छ । उनी टाउकोमा चोट लागेकाले अस्पताल पुगेकी थिइन् ।

    तर, आयोजकले उनी डिभोर्सी नभएको पुष्टि गरेको थियो । उनको ताज फिर्ता गरेको छ ।



     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार