Nepal Face
  • बुधबार, १४ असोज २०८३
  • रास्वपा केन्द्रीय समिति बैठक आह्वान


    बुधबार, असोज १४ २०८३
    165
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समितिको बैठक आह्वान गरेको छ। पार्टीले आगामी १७ असोजमा केन्द्रीय समिति बैठक बस्ने जनाएको हो।

    रास्वपाका महामन्त्री विपिनकुमार आचार्यका अनुसार बैठक काठमाडौँको वनस्थली-चमतीस्थित घण्टीघरमा दिउँसो ३ बजे बस्नेछ।

    बैठकमा सहभागी हुन पार्टीका सबै केन्द्रीय समिति सदस्यलाई आग्रह गरिएको छ।

    यद्यपि, बैठकमा छलफल हुने विषय तथा निर्णयका सम्भावित एजेन्डाबारे पार्टीले औपचारिक रूपमा केही खुलाएको छैन।

    केन्द्रीय समितिको बैठकमार्फत पार्टीको सांगठनिक तथा समसामयिक विषयमा छलफल हुने अपेक्षा गरिए पनि औपचारिक एजेन्डा सार्वजनिक भएपछि मात्रै बैठकका विषय स्पष्ट हुनेछन्।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार