Nepal Face
  • आइतबार, ३० कार्तिक २०८३
  • नयाँ नेतृत्व चयनका लागि नेपाल पत्रकार महासंघको मतदान सुरु, १३ हजार १२२ सदस्यले मतदान गर्दै


    बुधबार, चैत्र २५ २०७७
    1.4K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । इतिहासमै पहिलोपटक प्रत्यक्ष निर्वाचन प्रणालीमार्फत्  नेपाल पत्रकार महासंघको नयाँ नेतृत्वका लागि बिहान ९ बजेदेखि देशैभर मतदान सुरु भएको छ । 

    देशभरबाट १३ हजार १२२ सदस्यले एकसाथ मतदान गर्दैछन् ।

    केन्द्र, प्रदेश र शाखाको नयाँ कार्यसमिति चयनका लागि एकै पटक सुरु भएको मतदानमा अपराह्न चार बजेसम्म मतदान गर्न पाइने छ ।

    देशभरबाट १३ हजार १ सय ८० पत्रकारहरुले तीन वर्षे कार्यकालका लागि आफ्नो नेता चुन्ने छन् ।

    अध्यक्ष पदका लागि केन्द्रमा विपुल पोखरेल र निर्मला शर्मा प्यानलसहित प्रतिस्पर्धामा उत्रिएका छन् । पोखरेल प्रेस युनियन, प्रेस सेन्टर र प्रेस चौतारी (माधव नेपाल समूह) सहित ११ वटा संगठनको साझा उम्मेदवारको रुपमा छन् ।

    शर्मा प्रेस चौतारी (केपी ओली समूह) सहितको गठबन्धनबाट उम्मेदवार छिन् । उनीहरुबीच कडा टक्कर हुने अनुमान छ ।

    अध्यक्ष पदका लागि स्वतन्त्र रुपमा गजेन्द्रसिंह बुढाथोकी पनि प्रतिस्पर्धामा उत्रिएका छन् ।

     केन्द्रीय पदाधिकारी र सदस्यलाई देशभरका सदस्यहरुले आ-आफ्नो मतदान केन्द्रबाट भोट हाल्न पाउँछन् । 

     

     

     
    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार