Nepal Face
  • मंगलबार, १३ असोज २०८३
  • दुई दिन सर्‍यो कांग्रेस महाधिवेशन


    मंगलबार, असोज १३ २०८३
    120
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। नेपाली कांग्रेसको १५ औं महाधिवेशन दुई दिन सरेको छ। असोज १६ गते महाधिवेशन उद्घाटन गर्ने तय भएकोमा अब असोज १८ गते पुर्‍याइएको हो।

    कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले अब असोज १८ गते दिउँसो २ बजे खुलामञ्चमा महाधिवेशन उद्घाटन समारोह हुने बताए।

    विभिन्न स्थानमा भारी वर्षाका कारण उत्पन्न असहज परिस्थितिले गर्दा केही निर्वाचन क्षेत्रहरूमा क्षेत्रीय अधिवेशन र महाधिवेशन प्रतिनिधि चयन प्रक्रिया जारी रहेको जानकारी निर्वाचन समिति र पार्टीका तहगत कार्यसमितिबाट प्राप्त भएको उल्लेख गर्दै उनले यस परिस्थितिलाई मध्येनजर गरी १५ औं महाधिवेशन उद्घाटन समारोह असोज १८ गते पुर्‍याइएको जानकारी दिएका हुन्।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार