Nepal Face
  • मंगलबार, १३ असोज २०८३
  • ‘पूर्वप्रधान न्यायाधीश चोलेन्द्रलाई पक्राउ गरिएको होइन, थ्रेट आएपछि सुरक्षित स्थानमा लगिएको हो’: सरकार प्रवक्ता


    मंगलबार, असोज १३ २०८३
    140
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। सरकारका प्रवक्तासमेत रहेका शिक्षा मन्त्री सस्मित पोखरेलले पूर्वप्रधान न्यायाधीश चोलेन्द्रशम्शेर राणालाई पक्राउ नै नगरिएको बताएका छन्।

    आज सिंहदरबारमा मन्त्रिपरिषद बैठकका निर्णय सुनाउने क्रममा पत्रकारहरूले सोधेको प्रश्नमा जबाफ दिँदै मन्त्री पोखरेलले भने, ‘पूर्व प्रधान न्यायाधीश चोलेन्द्र शम्शेरबारे प्रश्न सबैतिरबाट आएको छ। स्पष्ट भइ नै सकेको छ, उहाँलाई पक्राउ गरिएको पनि होइन, नियन्त्रणमा लिएको पनि होइन।’

    मन्त्री पोखरेलले पूर्वप्रधान न्यायाधीशको परिवारबाट सुरक्षाका लागि माग भएको बताए।

    ‘उहाँको परिवारबाट थप सुरक्षा माग गरेर प्रहरी कार्यालयमा निवेदन पठाउनुभएको छ, उहाँलाई सुरक्षा दिन उद्धार गरिएको हो, पक्राउ गरिएको होइन,’ उनले भने, ‘त्यस कुराको पुष्टि उहाँहरूले सुरक्षा माग गरेर निवेदन दिएकोले नै गर्छ।’

    पूर्वप्रधान न्यायाशीशलाई थ्रेट आएपछि सुरक्षित स्थानमा लगिएको उनको भनाइ छ। जेनजीबाट सुरक्षा थ्रेट आएको भन्ने कुरा सरकारबाट नआएको र सञ्चार माध्यमहरूमा मात्र आएको विषय रहेको उनले बताए।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार