Nepal Face
  • मंगलबार, १३ असोज २०८३
  • नेपाल-भारत सम्बन्ध सधैँ सुमधुर र प्रगाढ रहँदै आएको छ’: प्रधानमन्त्री शाह


    मंगलबार, असोज १३ २०८३
    110
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले नेपाल र भारतबीचको सम्बन्ध सधैँ सुमधुर र प्रगाढ रहँदै आएको बताएका छन्।

    आफ्नो कार्यकाल पूरा गरी स्वदेश फर्कन लागेका नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवसँग भएको बिदाइ भेटमा प्रधानमन्त्री शाहले दुई देशबीचको सम्बन्धलाई थप सुदृढ बनाउँदै लैजानुपर्ने बताएका हुन् ।

    सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटमा प्रधानमन्त्री शाहले हालै नेपालमा आएको बाढीपहिरो तथा अन्य विपद्का समयमा भारत सरकारले उपलब्ध गराएको सहयोगप्रति विशेष धन्यवाद व्यक्त गरेका थिए।

    प्रधानमन्त्री शाहले राजदूत श्रीवास्तवलाई कार्यकाल सम्पन्न गरेकोमा बधाई दिँदै आगामी जीवनका लागि शुभकामनासमेत व्यक्त गरेका थिए।

    भेटका क्रममा राजदूत श्रीवास्तवले आफ्नो कार्यकालमा नेपाल र भारतबीच विभिन्न विकास परियोजना सम्पन्न भएको जानकारी गराएका थिए। उनले नेपालमा रहँदा प्राप्त सहयोगका लागि नेपाल सरकार तथा नेपाली जनताप्रति धन्यवाद व्यक्त गरेका थिए।

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार