Nepal Face
  • आइतबार, ३० कार्तिक २०८३
  • लोकसेवाले गर्याे ४ सय बढी पदमा आवेदन खुला


    बुधबार, चैत्र २५ २०७७
    1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । लोकसेवा आयोगले बुधबार ४ सय बढी पदमा आवेदन खुला गरेको छ।

    लोकसेवाले राजपत्रअनंकित द्वितीय श्रेणीमा  प्राविधिक तथा स्वास्थ्य सेवा चौथो तहमा साढे ४ सय बढी पदमा आवेदन खुला गरेको हाे ।

    आयोगका अनुसार आफ्ना विभिन्न कार्यालय मातहतका जिल्लामा चाहिने कर्मचारीहरूका लागि खुला तथा समावेशी पदमा प्रयोगात्मक लिखित परीक्षाका लागि आवेदन खुला गरिएको हाे ।

    योग्यता पुगेका उम्मेदवारले आयोगका कार्यालयहरू धनकुटा, इलाम, खोटाङ, जलेश्वर, काठमाडौं, हेटौंडा, पोखरा, बाग्लुङ, बुटवल, दाङ, सुर्खेत, जुम्ला, दीपायल र महेन्द्रनगरले माग गरेका विभिन्न पदमा अनलाइनमार्फत आवेदन दिन सक्नेछन्।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार