काठमाडौँ । मुलुकका अधिकांश वनमा डढेलो लागेका कारण सुरु भएकाे वायु प्रदूषण अझै हटेको छैन ।
चैत १३ गतेदेखि सुरु भएको वायु प्रदूषण अझै हटेको छैन । आईक्यू एअरका अनुसार मंगलबार दिउँसो पनि काठमाडौं विश्वका ९४ सहरमध्ये प्रदूषणका हिसाबले पहिलो नम्बरमा छ ।
मंगलबार काठमाडौं उपत्यकाको वायुको गुणस्तर सूचकांक (एक्यूआई) ३०८ सम्म पुगेको थियो । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले वायुको गुणस्तर सूचकांक (एक्यूआई) ३०० भन्दा बढी भएकामा ‘घातक’ भनेको छ ।
प्रि–मनसुनको समय भए पनि पानी नपरेपछि केही दिनयता सुक्खा बढेर डढेलो लाग्ने क्रम बढेको हाे ।