Nepal Face
  • आइतबार, १० साउन २०८३
  • भ्रष्टाचारकाे आराेपमा महानगरका वडा सचिवविरूद्ध मुद्दा दायर


    मंगलबार, चैत्र २४ २०७७
    1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले काठमाडौं महानगरपालिका-३० का वडा सचिव भरतकुमार पोखरेलविरूद्ध मंगलबार विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर भएको छ।

    अख्तियारले निर्माण कार्य सम्पन्न गरेपछि बिल भुक्तानी दिएबापत घुस मागेकाे आराेपमा मुद्दा दायर भएको स्रोत बताएको छ । 

    अख्तियार टंगालको टोलीले पोखरेललाई सेवाग्राहीबाट चार लाख घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको प्रवक्ता नारायणप्रसाद रिसालले जानकारी दिए।

    त्यसअनुसार बिगो चार लाख कायम गरी कैद सजायको मागदाबीसहित विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको हो।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार