Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सङ्क्रमण बढे पनि आतङ्कित हुनपर्ने अवस्था छैन: मन्त्री त्रिपाठी


    मंगलबार, चैत्र २४ २०७७
    690
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडाै ।  स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री हृदयेश त्रिपाठीले कोभिड–१९ को सङ्क्रमण बढे पनि आतङ्कित हुनुपर्ने अवस्था नरहेको बताउनुभएको छ ।

    त्रिकाल प्रोडक्सनले आयोजना गरेको नेपाल स्वास्थ्य सम्मेलन–२०२१ को आज यहाँ उद्घाटन गर्दै उहाँले छिमेकी मुलुकमा कोभिड–१९ को सङ्क्रमण बढे पनि नेपालमा सङ्क्रमण बढ्न नदिने बताउनुभयो । उहाँले भारतमा सङ्क्रमण बढ्दै गएकाले नेपालमा पनि फेरि सङ्क्रमणको जटिलता थपिएको बताउनुभयो । 

    उहाँले सीमा नाकामा एन्टिजेन परीक्षण गरेर सङ्क्रमणलाई रोकथाम र नियन्त्रण गरिने जानकारी दिनुभयो । मन्त्री त्रिपाठीले सीमा नाकाबाट आउने सङ्क्रमितलाई राख्न आइसोलेसन, क्वारेन्टिन बनाउने कार्य पनि शुरु गरिएको बताउनुभयो । उहाँले सञ्चारमाध्यमलाई पनि सङ्क्रमणको त्रास फैलाउने गरी समाचार सम्प्रेषण नगर्न आग्रह गर्नुभयो । “अहिले सङ्क्रमणको कारणले आतङ्कित हुनुपर्ने अवस्था छैन”, उहाँले भन्नुभयो, “आतङ्कित हुनु भनेको सङ्क्रमणलाई बढवा गर्नु हो । आतङ्कित नभई कोभिड–१९ को सावधानी र सतर्कता अपनाउनुपर्दछ ।” मन्त्री त्रिपाठीले पुनः बन्दाबन्दीको अवस्थामा भने नजाने स्पष्ट पार्नुभयो ।“हामी फेरि मुलुक बन्दाबन्दीको अवस्थामा जाओस् भनेर चाहँदैनौँ”, उहाँले भन्नुभयो, “बन्दाबन्दीभन्दा अगाडि गर्नुपर्ने महत्वपूर्ण कदम सरकारले चाल्न गइरहेका छौँ ।”

    उहाँले चीन सरकारले अनुदानमा उपलब्ध गराएको कोभिड–१९ विरुद्धको खोप ‘भेरोसेल’ भोलिदेखि लगाउन शुरु गर्ने जानकारी दिनुभयो । भोलिदेखि ४० देखि ५९ वर्ष उमेर समूहका व्यक्तिलाई उक्त खोप दिइने छ ।सम्मेलनमा नेपालका लागि अमेरिकाका राजदूत ¥याण्डी वेरीले अमेरिकी सरकारले नेपाललाई स्वास्थ्य क्षेत्रमा सहयोग पु¥याउँदै आएको भन्दै कोभिड–१९ को रोकथाम र नियन्त्रणमा सहयोग गर्दै आइरहेको जानकारी दिनुभयो । सम्मेलनमा स्वास्थ्य क्षेत्रले भोगिरहेका चुनौती र कमजोरीमाथि छलफल गर्दै सरकारलाई स्वास्थ्य नीति निर्माणमा सहयोग पु¥याउने उद्देश्य रहेको छ । सम्मेलनमा स्वास्थ्य साक्षरता, कोभिड–१९ महामारी र दिगो विकास लक्ष्य स्वास्थ्य नीति पुनरावलोकनलगायत विषयमा बहस गरिने छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार