Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कलाकारहरूको फेसबुक ह्याक गरेको आरोपमा १४ वर्षीय बालक पक्राउ


    मंगलबार, चैत्र २४ २०७७
    945
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । साइबर ब्युरोले दीपाश्री निरौलालगायत कलाकारहरूको फेसबुक ह्याक गरेको आरोपमा एक जना बालकलाई पक्राउ गरेको छ।

    प्रहरीले पर्सा बहुदजरमाई नगरपालिका-५ बस्ने १४ वर्षीय बालकलाई पक्राउ गरेको  हाे ।

    निरौलालगायत केही कलाकारहरूको फेसबुक ह्याक गरी साथीहरूसँग पैसा माग गरेको भन्ने प्रहरी कार्यालयमा जाहेरी परेको थियो।

    सोही जाहेरीको आधारमा खटिएको प्रहरीको टोलीले १४ वर्षीय बालकलाई जिल्ला प्रहरी कार्यालय पर्साको सहयोगमा सोमबार पक्राउ गरेको हो।  

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार