चितवन । चितवनको ठिमुरालाई देवघाटसँग जोड्ने निर्माणाधीन पुल मंगलबार बिहान करिब ४ बजे तिर भत्किएको छ।
भरतपुर–१ ठिमुरा र देवघाटको घिनाटार जोड्ने १० मिटर चौडाई भएको २२० मिटर लामो पुल भत्किएको हाे।
भौतिक प्रगति ७५ प्रतिशत पुगिसकेको अवस्थामा ठेकेदारको लापरबाहीका र प्राविधिक त्रुटिका कारण पुल भत्किएको जानकारी प्राप्त स्रोत बताएको छ ।
पुल भत्किएपछि के कारणले पुल भत्कियो भन्ने विषयमा अध्ययन सुरू भएको सडक डिभिजन कार्यालयले जनाएको छ।
सडक डिभिजन भरतपुरका इन्जिनियरले सोमबार गएको भूकम्पका कारण जमिन थर्किएर पुल भत्किएको हुनसक्ने बताएका छन् ।
उक्त पुल करिब २१ करोड रुपैयाँको लगानीमा बन्दै थियो।