Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • चोरीका १६ थान मूर्तिसहित एक जना पक्राउ


    मंगलबार, चैत्र २४ २०७७
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । ललितपुरबाट चोरीका १६ थान मूर्तिसहित एक जना पक्राउ परेका छन् । 

    पक्राउ पर्नेमा काभ्रेपलाञ्चोक बेथानचोक गाउँपालिका –६ घर भई हाल ललितपुर–१२ मंगलबजार बस्ने ४८ वर्षीय राज कुमार सुनार छन् । 

    पक्राउ परेका सुनार चैत १३ गते राति ललितपुर–१६ धौगलवजारस्थित माईकल शाक्यको मूर्ति बनाउने कारखानाबाट १६ वटा मूर्ति चोरी गरी फरार रहेको स्रोत बताएकाे छ ।  

    प्रहरीले उनको साथबाट चोरी भएका सबै मूर्तिहरु बरामद गरि सुनारमाथि जिल्ला अदालत ललितपुरबाट ५ दिनको म्याद थपेर अनुसन्धान गरिरहेकाे छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार