काठमाडौं । ट्रोलियम पदार्थको मूल्य वृद्धिको विरोधमा नेपाल विद्यार्थी संघले नेपाल आयल निगमको केन्द्रीय कार्यालय अगाडि धर्ना दिएको छ ।
निगमले आइतबार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर दुई रुपैयाँका दरले मूल्य वृद्धि गरेपछि नेविसंघले सोमबार धर्ना दिएको हो ।
वर्तमान सरकारले कोरोना महामारीको समयमा जनतालाई राहत दिनुपर्नेमा पटक–पटक पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेर जनतालाई आहत दिएको विरोधमा धर्ना दिइएको स्राेतले जानकारी दिएकाे छ। सरकारले पेट्रोलियम पदार्थमा गरेको मूल्य वृद्धि तत्काल फिर्ता नलिए कडा आन्दोलन गर्ने उनीहरूकाे चेतावनि छ।