काठमाडौं। आइतबार रातिदेखि लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएपछि पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन माग गर्दै अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)ले प्रदर्शन गरेको छ।
पेट्रोलियम पदार्थको मूल्यवृद्धि तत्काल फिर्ता गर, दलालहरू होसियारलगायत प्लेकार्ड बोकेर उनीहरूले बबरमहलस्थित आयल निगम परिसरमा प्रदर्शन गरेका हुन्।
निगमले आइतबार रातिदेखि लागू हुने गरी डिजेल, पट्रोल र मट्टितेलको मूल्य प्रतिलिटर दुई/दुई रुपैयाँले बढाएको छ।
यसका साथै, ७२ घण्टाभित्र मूल्यवृद्धि फिर्ता नलिए विरोधमा उत्रने उनीहरूले चेतावनी दिएका छन्।