Nepal Face
  • आइतबार, १० साउन २०८३
  • स्व. गिरिजाप्रसाद कोइराला स्मृति ब्याडमिन्टन प्रतियोगिता हुने


    सोमबार, चैत्र २३ २०७७
    1.3K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • विराटनगर । स्व गिरिजाप्रसाद कोइराला स्मृति दोस्रो खुला ब्याडमिन्टन प्रतियोगिता यहाँ हुने भएको छ ।

    विराटनगर ब्याडमिन्टन क्लबद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा आगामी वैशाख १२ देखि १५ गतेसम्म सो प्रतियोगिता हुने संयोजक विनोद डाँगीले जानकारी दिनुभयो । प्रतियोगितामा छ वटा इभेन्ट्समा प्रतिस्पार्धा हुनेछ ।

    १७ वर्ष मुनिका छात्रछात्रा, ४५ वर्षमाथि र ५५ वर्षका पुरुष एकल तथा महिला एकलबीच प्रतिस्पर्धा हुनेछ । विजेताले नगद रु २५ हजार र ट्रफी प्राप्त गर्ने छन् भने उपविजेताले नगद रु १५ हजार र तेस्रोले जनही रु १०÷१० हजार प्राप्त गर्ने आयोजकले जनाएको छ ।

    खुल्ला प्रतियोगितामा सबै खेलाडीले भाग लिनसक्ने संयोजक डाँगीले बताउनुभयो । क्लबले गत वर्षदेखि प्रतियोगिताको आयोजना गर्दै आएको हो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार