Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कर्णाली प्रदेशका तीन मन्त्रीले आज राजीनामा दिने


    सोमबार, चैत्र २३ २०७७
    1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । आफ्नो पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता गर्ने निर्णय गरेपछि कर्णाली प्रदेश सरकारका तीनजना मन्त्रीले आज राजीनामा दिने भएका छन् । 

    आर्थिक मामिलामन्त्री प्रकाश ज्वाला, सामाजिक विकासमन्त्री दल रावल र पर्यटन, उद्योग, वन तथा वातावरणमन्त्री नन्दसिंह बुढाले सोमबार राजीनामा दिने भएका हुन् ।

    आइतबार बसेको नेकपा एमाले कर्णाली प्रदेश संसदीय दलको बैठकले तीनैजना मन्त्रीलाई तत्काल राजीनामा गर्न निर्देशन दिएको थियो । गत चैत चार गते एमालेले कर्णाली प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार