काठमाडौँ। भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीले १०५ वटा पुल बगाएको छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र राष्ट्रिय योजना आयोगले संयुक्त रुपमा तयार पारेको द्रुत क्षति तथा आवश्यकता आकलन प्रतिवेदनले बाढीले ३७ वटा मोटरेबल पुल र ६८ वटा झोलुंगेमा क्षति पुगेको छ।
बाढीबाट पुलमा कुल ११ अर्ब ३५ करोड ११ लाख रुपैयाँको क्षति पुगेको छ। जसमा मोटरेबल पुलमा ९ अर्ब ४१ करोड ४४ लाख रुपैयाँ र झोलुंगे पुलमा १ अर्ब ९३ करोड ६७ लाख रुपैयाँ क्षति पुगेको छ।
बाढीबाट क्षति पुगका धादिङ, गोर्खा, नुवाकोट र रसुवाका उक्त मोटरेबल पुलको लम्बाई ३।३२ किलोमिटर लामो थियो। ३७ मध्ये ३३ पुल खोलामा बगेका छन् जसको लम्बाई २।७९२ किलोमिटर र आंशिक क्षतिको ४ पुलेको लम्बाई २४० मिटर छ।
बाढीले धादिङका ८ वटा पुलमा क्षति पुगेको छ। जसमा ३ वटा पुलमा आंशिक क्षति पुग्दा ५ वटा पुल बगेका छन्। गोर्खाको १ पुल बगेको छ।
नुवाकोटमा १५ वटा पुलमा क्षति पुगेको छ। १ वटा पुल आंशिक क्षति हुँदा १४ वटा पुल बगेका छन्। बाढीले रसुवाका १३ वटा पुल पुगेको छ।
बाढीबाट धादिङका पुलमा २ अर्ब ५८ करोड ६५ लाख रुपैयाँ, गोर्खाका पुलमा ४१ करोड ३० लाख रुपैयाँ, नुवाकोटका पुलमा ४ अर्ब ६५ लाख ७५ हजार रुपैयाँ र रसुवाका पुलमा १ अर्ब ७५ करोड ७४ लाख रुपैयाँको क्षति पुगेको प्रतिवेदनमा उल्लेख छ।
प्रभावित मोटरेबल पुलमध्ये नुवाकोटको हिस्सा ४०।५ प्रतिशत भने तीनमा भएको कुल क्षतिको हिस्सा ४९।५ प्रतिशत छ। धादिङको तलुनानमा रसुवामा प्रभावित पुलहरुको संख्या बढी देखिए पनि तिनको क्षतिको मूल्य भने कम हुनुका कारण पुलको लम्बाइ कम भएकाले हो।
बाढीबाट क्षति पुगेको ६८ वटा झोलुंगे पुलको लम्बाई १०।६७० किलोमिटर छ। जसमा डी टाइप झोलुंगे पुल ४९ वटा र एन टाइप झोलुंगे पुल १९ वटा छन्।
क्षतिग्रस्त पुलको पुनर्स्थापनागर्न १८ अर्ब १६ करोड १७ लाख रुपैयाँ लाग्ने प्रारम्भिक अनुमान छ। जसमा तत्कालका लागि १ अर्ब ५५ करोड र दीर्घकालीन पुनर्स्थापनाका लागि १६ अर्ब ६१ करोड १७ लाख रुपैयाँ लाग्ने प्रतिवेदनमा उल्लेख छ।
काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देश गम्भीर अवस्थामा पुगेको भन्दै रक्षाका लागि नयाँ आन्दोलनको विकल्प नरहेको बताएका छन्। बुधबार...
काठमाडौं । पर्यटक भिषामा नेपाल आइ क्रिश्चियन धर्म प्रचार गरेको आरोपमा ५ अमेरिकीसहित १० जना विदेशी नागरिक पक्राउ परेका छन् । गृहमन्त्री सुधन गुरुङको सचिवालयका...
काठमाडौं। झापामा हवाई फायर गरेर १५० ग्रामभन्दा बढी खैरो हेरोइनसहित दुईजना पक्राउ परेका छन्। लागुऔषध नियन्त्रण ब्यूरोका अनुसार झापा गाउँपालिका–१ सालमारास्थित नेपाल–भारत सीमाक्षेत्रबाट १५०.१४०...
काठमाडौँ। स्पेनको टोलेडो भन्ने ठाउँमा दुई तीव्र गतिको रेल एकआपसमा ठोक्किएका छन् । उक्त दुर्घटनामा दर्जनौंको मृत्यु भएको सञ्चारमाध्यमहरूले जनाएका छन् । स्थानीय अधिकारीहरूलाई उद्धृत गर्दै...
काठमाडौँ। प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले देशभरका विभिन्न प्रहरी कार्यालयका प्रमुखहरूलाई समसामयिक विषयमा आवश्यक निर्देशन दिएका छन्। प्रहरी प्रधान कार्यालयका विभागीय प्रमुखहरूको समेत उपस्थितिमा आयोजित भर्चुअल...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend