Nepal Face
  • आइतबार, २८ भाद्र २०८३
  • वर्तमान सरकारले पनि जनतामा आशा जगाउने काम गर्न सकेन: अध्यक्ष लिङ्देन


    आइतबार, भाद्र २८ २०८३
    75
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले अहिलेको सरकारले पनि जनतामा आशा जगाउने काम गर्न नसकेको बताएका छन्। पार्टीको काठमाडौँ जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै लिङ्देनले देश अनिश्चितताको अध्याँरो सुरुङभित्र प्रवेश गरेका बताएका हुन्।

    ‘जेनजी विद्रोह जुन उद्देश्यका लागि भएको थियो, जनतामा आशा जाग्ने काम हुन सकेको छैन्,‘अध्यक्ष लिङ्देनले भने,‘जनताको आकांक्षा परिपूर्तिको दिशातर्फ सरकार अगाडि बढ्न सकेन्।’

    यस्तै, उनले अब देशले कुनै पनि प्रकारको निषेधको राजनीति व्यहोर्न नसक्ने बताए। सबै शक्तिहरुको बीचमा राष्ट्रिय सहमति गरेर देशलाई निकास दिने बेला आएको अध्यक्ष लिङ्देनको भनाई छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार