काठमाडौं । गृह मन्त्रालयले सचेतना कार्यक्रम गर्न देशभरका स्थानिय प्रशासनलाई निर्देशन दिएसँगै महानगरीय प्रहरी परिसर काठमाडौंले काठमाडौंकाे मुख्य चोकहरु सहित १४ ठाउँमा कोरोनाभाइरस सम्बन्धी सचेतना कार्यक्रम शुरु गरेकाे छ ।
प्रहरीले माइकिङ गरेर कोरोनाबाट जोगिन सचेतना अपनाउन आग्रह गर्दै मास्क, सेनिटाईजर र सामजिक दुरी कायम गर्न भनेकाे छ । चोकमा सचेतनामूलक अडियो पनि बजाएर कोरोना विरुद्ध सचेतना जगाएका छन् ।।
पहिलो चरणमा सचेतना अभियान शुरु गरेको प्रहरीले दोस्रो चरणमा सार्वजनिक ठाउँमा मास्क नलगाई हिँड्नेलाई जरिवाना गर्ने भएको छ ।
संक्रामक रोग ऐन–०२० अनुसार रोग फैलनबाट रोक्न सिडिओलाई जरिवाना गर्ने अधिकार छ ।