Nepal Face
  • आइतबार, १० साउन २०८३
  • माओवादी केन्द्रद्वारा आङ्बुहाङकाे सांसद पद खोसियो


    सोमबार, चैत्र २३ २०७७
    1.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • विराटनगर । संसदीय दलको नेतृत्व छाडेर एमाले प्रदेश गरेका प्रदेश १ सरकारका आर्थिक मामिला तथा योजना मन्त्री टंक आङ्बुहाङलाई नेकपा माओवादी केन्द्रले सांसद पद मुक्त गरेको छ ।

    पार्टीले आङ्बुहाङलाई पदमुक्त गरेको पत्र तयारी रहेकाे जानकारी गराउँदै आजै प्रदेशसभामा खबर गर्ने स्राेतले बताएकाे छ ।

    प्रदेशसभा सदस्य टंक आङ्बुहाङलाई चैत १७ गते नेकपा माओवादी केन्द्र प्रदेश १ संसदीय दलले २४ घण्टे स्पष्टीकरण सोधेको थियो । तर उनले स्पष्टीकरण बुझाएनन् । स्पष्टीकरण नबुझाएपछि पार्टीले पदमुक्त गरेको हो ।

    नेकपा विभाजनमा एमाले प्रवेश गर्दै मन्त्री बनेका आङ्बुहाङको कार्यकाल अब ६ महिनाको मात्रै हुनेछ । गैर सांसदले ६ महिना मात्रै मन्त्री बन्न पाउने प्रावधान छ । उनले चैत १३ गते मन्त्रीको पदभार ग्रहण गरेका थिए ।

     

     
     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार