Nepal Face
  • आइतबार, ३० कार्तिक २०८३
  • बिस्केट जात्रामा रोक


    सोमबार, चैत्र २३ २०७७
    1.1K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । राजधानी उपत्यकाको प्राचीन शहर भक्तपुरमा लिच्छवीकालिन प्रख्यात बिस्केट जात्रा चैत २८ गतेबाट सुरु हुँदै छ ।

    तर कोरोना संक्रमण फैलिने खतरा बढेपछि स्थानीय प्रशासनले भक्तपुरको प्रसिद्ध बिस्केट जात्रामा यस वर्ष रोक लगाएको छ ।

    स्थानीयले बिस्केट जात्रामा तानिने रथ निर्माणको काम जारी राखेको बेला स्थानीय प्रशासनले जात्रामा रोक लगाउने निर्णय गरेको हो । रथको पूजा गर्न पाउने तर लिंगो उठाउने र रथ तान्ने काम नगर्ने निर्णय भएको स्राेतले बताएकाेछ।

    प्यागोडा शैलीको तीनतले अग्लो भैरवको रथलाई सयौं व्यक्तिहरुले दुवै तिरबाट तान्नु बिस्केट जात्राको मुख्य आकर्षण हो । बिस्केट जात्रामा उपत्यकाका काठमाडौं, ललितपुर र भक्तपुरका साथै आसपासका जिल्लाका हजारौं व्यक्तिहरुको सहभागीता रहने गर्दछ ।

    गत वर्ष पनि कोरोना संक्रमणको कारण स्थानीय प्रशासनले बिस्केट जात्रामा रोक लगाएको थियो । 

    आठ रात, नौ दिनसम्म मनाइने सो जात्रा सांस्कृतिक, धार्मिक तथा सामाजिक दृष्टिकोणले पनि महत्वपूर्ण मानिन्छ।

     

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार