Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • अमेरिकी राज्य फ्लोरिडामा विषाक्त पानी चुहावट हुँदा ३०० घरपरिवार प्रभावित


    सोमबार, चैत्र २३ २०७७
    915
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • एजेन्सी। अमेरिकाको फ्लोरिडामा विषाक्त पानीयुक्त पोखरीको पानी चुहावटपछि कम्तीमा ३०० घर परिवार प्रभावित बनेका छन् । स्थानीय प्रशासनले उक्त क्षेत्रमा आपतकालीन अवस्था घोषणा गरेको छ ।

    फ्लोरिडाको टाम्पा बे क्षेत्रमा आपतकालीन अवस्था लागु भएको अमेरिकी सञ्चारमाध्यम सीएनएनले जानकारी गराएको छ । 

    सो क्षेत्रका ३०० भन्दा बढि घरका बासिन्दालाई तत्काल सुरक्षित स्थानमा जान भनिएको छ । पिनी पोइन्ट बाँध क्षेत्रको मार्ग बन्द गरिएको छ ।

    स्थानीय बासिन्दालाई सामाजिक सञ्जालमार्फत सार्वजनिक सूचनमा तत्काल घर छोडी सुरक्षित स्थलतर्फ जान भनिएको छ । 

    ३१ हेक्टर क्षेत्रमा फैलिएको ठूलो बाँधबाट चुहिएको उक्त पानीमा फस्फोरस र नाइट्रोजन मिसिएको बताइउको छ । ती पदार्थ पुरानो फस्फेट प्लान्टबाट निस्किएका विश्वास गरिएको छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार