Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • दुर्गाप्रसाद तिम्सिनाको स्वास्थ्य परीक्षण सुरू


    आइतबार, चैत्र २२ २०७७
    1.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । बिनाअदालती प्रक्रिया भारतीय जेलमा ४० वर्ष बिताएका इलामका दुर्गाप्रसाद तिम्सिनाको विराटनगरस्थित विराट मेडिकल कलेजमा स्वास्थ्य परीक्षण सुरू भएको छ।

    आइतबार उनको सामान्य स्वास्थ्य परीक्षण भएपनि थप परीक्षण र उपचारका लागि उनलाई विराटनगरस्थित विराट मेडिकल कलेजमा भर्ना गरिएको  छ।

    दुर्गाप्रसादको प्रारम्भिक  स्वास्थ्य परीक्षण डाक्टर सुरू कोइरालाले गरेकी छन्। दुर्गाप्रसादको  उपचारका लागि आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मतकुमार कार्कीले सरकारका तर्फबाट समन्वय गरिरहेका छन्। मेडिकल कलेजका सञ्चालक डाक्टर ज्ञानेन्द्र कार्कीले उनको उपचार नि:शुल्क गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

    हत्या मुद्दामा दार्जिलिङबाट पक्राउ परेका दुर्गाप्रसाद चार दशकसम्म  अभियोग प्रमाणित नभइकनै जेलमा बस्नु परेको थियो। कलकत्ता उच्च अदालतको आदेशपछि चैत ७ गते उनी दमदम सेन्ट्रल जेलबाट रिहा भएका थिए। 

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार