Nepal Face
  • आइतबार, १० साउन २०८३
  • भारतको छत्तीसगढमा नक्सलवादीद्वारा २२ सुरक्षाकर्मीको हत्या


    आइतबार, चैत्र २२ २०७७
    800
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • छत्तीसगढ । भारतमा नक्सलवादीहरुको आक्रमणमा परी कम्तीमा २२ सुरक्षाकर्मीको मृत्यु भएको छ । भारतको छत्तीसगढ प्रदेश अन्तर्गत पर्ने विजपुरमा शनिबार घटना भएको अधिकारीहरुले जानकारी दिएका छन् ।

    “छत्तीसगढको सुक्मा—विजपुरमा नक्सल विद्रोहीहरुको आक्रमणमा परी कम्तीमा २२ सुरक्षाकर्मीको ज्यान गएको छ,” स्थानीय प्रहरी प्रमुख कमलोचन कश्यपले भन्नुभयो । घटनामा परी अरु ३१ जना घाइते पनि भएको उहाँले जानकारी दिनुभयो ।

    छत्तीसगढका मुख्यमन्त्री भूपेश बघेलले घटनामा परी घाइते भएकाहरु खतरामुक्त रहेको बताउनुभयो । उहाँले अरु २१ जना प्रहरी सम्पर्कविहीन रहेको र उनीहरुको खोजी भइरहेको पनि पत्रकारहरुलाई जानकारी दिनुभयो ।

    केन्द्रीय गृहमन्त्री अमित शाहले फोन गरेर उद्धार तथा खोजीका बारेमा चासो राख्नु भएको पनि मुख्यमन्त्री बघेलले बताउनुभयो । एजेन्सी

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार