Nepal Face
  • आइतबार, १० साउन २०८३
  • लाइन काटेर बक्यौता उठाउँदै प्राधिकरण


    आइतबार, चैत्र २२ २०७७
    1.3K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौँ । नेपाल विद्युत् प्राधिकरण बागलुङ वितरण केन्द्रले विद्युत् महसुल नबुझाउने ग्राहकको लाइन काटेर बक्यौता महसुल उठाउन थालेको छ ।

    विद्युत् महसुल समयमा बुझाउन नआएका ग्राहकको लाइन काटेर वितरण केन्द्रले बक्यौता तिर्न ताकेता गरेको हो । गत फागुन मसान्तसम्म जिल्लाभर ४१७ ग्राहकको महसुल उठ्न बाँकी थियो ।

    मिटर रिडिङ भएको ६० दिनदेखि दुई वर्षसम्म महसुल नतिरेका ग्राहकलाई कालो सूचीमा राखेर वितरण केन्द्रले लाइन काट्ने अभियान थालेको थियो । धमाधम लाइन काटिन थालेपछि महसुल तिर्न बाँकी रहेका ३८८ ग्राहकले महसुल बुझाएको वितरण केन्द्रका प्रमुख शिवनारायण गोशलीले बताए ।

    व्यक्तिगत र व्यावसायिक प्रतिष्ठानमा बाँकी रहेको रु ४० लाख ९९ हजार बक्यौता रकम उठेको गोशलीले बताए । लाइन काटिएकामध्ये २९ ग्राहकले अझै महसुल बुझाउन बाँकी छ।

    विद्युत् महशुल नियमावली २०७७ को विनियम ७ को उपनियम ३ बमोजिम ६० दिनसम्म महसुल बुझाउन नआउने ग्राहकको विद्युत् बिना जानकारी प्राधिकरणले काट्न पाउने व्यवस्था छ।

    लाइन काटिएपछि बक्यौता बुझाएका ग्राहकको घरमा पुनः विद्युत् जडान गरिएको उनले बताए । बक्यौता रकम समयमा असूल उपर गर्नका लागि प्राधिकरणले कडा कदम चाल्नु परेको उनको भनाइ छ।

     

     
    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार