Nepal Face
  • आइतबार, ३० कार्तिक २०८३
  • भारतमा २४ घण्टामा करिब ९३ हजारमा कोरोना संक्रमण


    आइतबार, चैत्र २२ २०७७
    895
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । भारतीय मिडियाहरुका अनुसार भारतमा पछिल्लो २४ घण्टामा ९२ हजार ९९४ जना नयाँ संक्रमित फेला परेका छन् ।

    भारतमा साढे ६ महिनाको अवधिमा यति धेरै संक्रमित फेला परेको यो पहिलो पटक हो ।

    भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या पनि लगातार दुई दिन पाँच सयभन्दा बढी पुगेको छ । 

    भारतमा हालसम्म १ करोड २४ लाख जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

    भारतमा कोरोनाबाट सबैभन्दा धेरै महाराष्ट्र, पन्जाब, दिल्ली, मध्यप्रदेश, गुजरात र राजस्थान राज्य प्रभावित भएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार