एजेन्सी । सन् २०१९/२०को स्पेनिस कोपा डेल रे फुटबलको उपाधि रियल सोसिडाडले जितेको छ ।
शनिबार राति भएको फाइनलमा एथ्लेटिक बिल्बाओलाई १-० गोल अन्तरले पराजित गर्दै सोसिडाडले ३४ बर्षपछि उपाधि जितेको हो ।
सोसिडाडलाई च्याम्पियन बनाउन मिकेल ओयार्जाबल खेलको ६३ औं मिनेटमा पेनाल्टीमार्फत् गरेको गोल नै निर्णायक रह्यो।
सन् १९८७ पछि सोसिडाडको यो पहिलो उपाधि हो । ।