काठमाडौँ । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पतालको सिनेट (सभा) आज वीर अस्पतालको नयाँ सर्जिकल भवनमा बस्दै छ।
प्रतिष्ठान कार्यकारी परिषदको शुक्रवार अज्ञात स्थानमा बसेको परिषद बैठकले सिनेट बैठक आज बस्ने निर्णय गरेको हो।
यसअघि परिषदको बैठक न्याम्स कार्यलयमै बस्ने गरेको भए पनि कर्मचारी र चिकित्सकहरुले राखेको माग देखि डराएर न्याम्स पदाधिकारीहरुले कार्यलय बाहिर बैठक बसी सभा बस्ने निर्णय गरेको हो । तर, कर्मचारीहरु राखेका माग परिषद बैठकबाट पारित गरि सभामा लैजन माग गरेका छन् । सो माग सम्वोधनका लागि कर्मचारीले सभा अध्यक्ष तथा स्वास्थ्यमन्त्री एवं प्रतिष्ठानका सहकुलपति, स्वास्थ राज्यमन्त्री र स्वास्थ्य सचिव लाई पनि आफ्नो मागहरु सभामार्फत पुरा गरी दिन माग गरेका छन् ।
साथै, प्रतिष्ठान अघि नबढनुमा र धरासाई हुनुमा रेक्टर डा. सुवोध अधिकारी, डिन डा. पियुष दाहल र आफुलाई स्वास्थ्य सचिवको ऐजेन्ट हु भन्ने ट्रमा सेन्टरका नि मे सु डा. सन्तोष पौडैल, डा. गौरव ढकाल का साथै उनिहरुका आसेपासे अरिङ्गाल समुह र बिगत ६ बर्ष देखी मेडिकल माफियाको आर्शीवादले वीर अस्पतालको खरिद एकाईमा बसी ब्यापक अनियमितता गर्दै आइ रहेको समुहका भगवती थपलिया, अरुण महत्तो कारण वीर अस्पताल धराशायी भएको स्वास्थ्यकर्मी संघको निष्कर्ष छ ।
संघले विरामीलाई सहज र छिटो छरिटो तथा गुणस्तरिय सेवा दिन आवश्यक पहल गर्नु पर्ने, आइ सि यु बेड थप गर्नु पर्ने, समय सापेक्ष ऐन तथा नियमावली संमसोधन, अदालतको आदेश कार्यन्वयन गर्दै कर्मचारी वृद्धि बिकास, ट्रमा सेन्टर वीर अस्पताल मातहत सन्चालन हुनु पर्ने, ट्रमा सेन्टरको क्यान्टिन टेन्डर दिएको छानविन, ऐम्वुलेन्स खरिद छानविन, सि-आर्म, ओटी लाइट, बेड,माइस्कोप, हेलोजिन डिएक्स ऐक्सरे खरिदमा छानविन, सेवा आयोग गठन,ओ एन एम सर्वे, कर्मचारी रशिक्षक वृद्धि बिकास, स्तर वृद्धि, उपदान कोष स्थापना, सेवा अवधि गणना, दुवाकोट परियोजना सुरु गर्ने, नया सर्जिकल भवन सन्चालन, बिग्रिएको उपकरण (२ बटा सिटी स्याक्यन, मेमोग्राम, स्पेशल ऐक्सरे, सि -आर्म,इन्डोस्कोपी, गामा क्यामरा, अक्सिजन मेसिन, फाइबर स्याक्यन,१२बटा भेन्टिलेटर, युरोफ्रोले मिटर लगायत) तत्काल मर्मत र सन्चालन, महगो मा किनिएको इन्टा अप सिटी र टोमोथोपारी सन्चालन ( यि उपकरण मर्मत र सन्चानल नहुनु मा कम कमिसन आउने हुदा नया किन्न आफुनिकट सग स्फेपिकेसन माग गरि उसैलाई हुने गरी खरिदको भष्ट्राचारी समुहले टेन्डर आवाहन को तयारी पनि गरेको छ उपकरण खरिद को रू १५ करोड बजेट हाल सम्म खर्च भयको छैन।
तलव भत्ता समयमै दिनु पर्ने करार तथा ज्यालादारी कर्मचारी लाई समान सेवा सुविधा दिनु पर्ने निजहरू लाई सेवा आयोग बाट लोकसेवा को नियम अनुसार स्याई प्रक्रिया सुरू गर्नु पर्ने अस्पताल हुने चुवाहट रोक्नु पर्ने, वीर र ट्रमा सेन्टरमा भयको अनियमितताको समन्धमा छानविन हुनु पर्ने, सर्तकता केन्द्रको सिफारिस अनुसार भष्ट्राचारीलाई कारवाई हुनु पर्ने र तत्काल योग्य र सक्षम निर्देशक नियुक्ति हुनु पर्ने लगायत माग राखेका छन्। उनीहरुले वीर अस्पताल र ट्रमा सेन्टर सुधार र चलाउन सक्ने ब्यक्ति भनेको डा भुपेन्द्र बस्नेत, डा. दिपेंद्र श्रेष्ठ, डा दिपक दत्ता र डा रूद्र मरासनि हुन यि मध्य बाट निर्देशक नियुक्ति हुनु पर्ने माग छ । सो मागको सम्बन्धमा सिनेटमार्फत् आवश्यक निर्णय गरिदिन सभा अध्यक्ष तथा स्वास्थ्य मन्त्री एवं सहकुलपति, स्वास्थ्य राज्य मन्त्री र स्वास्थ्य सचिव र सभाको सदस्यहरुलाई पनि ध्यानाकर्षण गरेको छ र ज्ञापन पत्र पनि दिएका छन् युनियनका एक बरिष्ठ चिकित्सकले बताए।