Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • ताइवान रेल दुर्घटनामा ५० भन्दा बढीको मृत्यु, देशभर शोक, मृतकहरुको सम्झनामा राष्ट्रिय झण्डा आधा झुकाइयो


    शनिबार, चैत्र २१ २०७७
    895
    Shares
    Basu Dev Paudel
  • ३ मिनेट पाठ
  • एजेन्सी। ताइवानको इतिहासमै शुक्रबारको सर्वाधिक भयानक रेल दुर्घटनाबाट कम्तीमा ५० जनाको मृत्यु भएपछि देशभर शनिबार शोक मनाइएको छ ।
    मृतकहरुको सम्झनामा देशभर शनिबार राष्ट्रिय झण्डा आधा झुकाइएको छ ।

    खोज तथा उद्धार टोलीहरु रेलका क्षतिग्रस्त डब्बाहरु बाहिर निकाल्न जुटेका छन् । अधिकारीहरुले शुक्रबारको रेल दुर्घटना एउटा मर्मतका लागि प्रयोग गरिएको ट्रक चिप्लिएर रेलको लिकमा खसेपछि भएको बताएका छन् ।

    छुट्टी मनाउन हिँडेका व्यक्तिले खचाखच भरिएको त्यस रेलमा ५०० भन्दा बढी मानिस सवार थिए । तिब्र गतिमा दौडिरहेको रेल एउटा साँघुरो सुरुङ (टनेल) भित्र प्रवेश गर्नैलाग्दा ट्रकमा ठोक्किएर आफ्नो लिकबाट उछिट्टिएको थियो ।

    पार्किङ ब्रेक राम्रोसँग नलगाएको आरोपमा पक्राउ परेका ट्रक ड्राइभरलाई प्रहरीले सोधपुछ गरी जमानतमा छाडेको छ ।

    उद्धारकर्ताहरुले सुरुङ भित्रको अवस्था दयनीय रहेको र रेलको अग्रभागका साथै डब्बाहरु कच्याककुचुक भएको पाएका थिए । तीमध्ये अगाडिको आठ नम्बरको डब्बामा सबैभन्दा बढी क्षति पुगेको थियो र यही डब्बामा सबैभन्दा बढी व्यक्तिको ज्यान गएको थियो, उद्धारकर्मी चाङ जि–चेनले बताए ।

    ताइवानको गृह मन्त्रालयले देशभर तीन दिनसम्म राष्ट्रिय झण्डा आधा झुकाउन आदेश दिएको थियो भने राष्ट्रपति चाई इङ्ग–वेनले हुलियानको अस्पतालमा पुगेर घाइतेहरुलाई भेट्न पुगेका थिए ।

    उक्त दुर्घटनामा परेका १७५ जनाभन्दा बढी व्यक्तिलाई अस्पतालमा भर्ना गरिएको थियो । मृतकहरुमा एक जना फ्रान्सेली नागरिक पनि रहेका थिए ।
    दुर्घटनामा परेकाहरुले आफूले भोगेका निकै डरलाग्दा कथाहरु सुनाएका छन् । एप्पल दैनिकसँग कुरा गर्दै एक पीडितले आफूले मानिसका शरीर र अङ्गहरु छरपस्ट देखेको बताएका छन् ।

    ताइवानमा सन् २०१८ मा पनि ठूलै रेल दुर्घटना भएको थियो जसमा १८ जनाको मृत्यु भएको थियो । सन् १९९१ मा दुईवटा रेल एकआपसमा ठोक्किएर भएको अर्को दुर्घटनामा ३० जना यात्रुको ज्यान जानुका साथै ११२ जना गम्भीर घाइते भएका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार